नेकपा ( बहुमत ) लगायत तिन राजनीतिक पार्टीद्वारा पोखरामा बिरोध प्रदर्शन !

नागरीकता बिधयक, एमसीसी सम्झौता, एसपिपि, बढ्दो महँगी लगायत बिषयको खारेजी माग गर्दै आज नेकपा ( बहुमत ) क्रान्तिकारी माओवादी, नेकपा ( मसाल ) महाधिवेशन आयोजक समितीले बिरोध प्रदर्सन गरेको छ ।

पोखराको मानवअधिकार चोकबाट र्याली सहित महेन्द्रपुलमा पुगी कोणसभामा परीणत भएको बिरोध सभा तिन राजनीतिक पार्टीद्वारा संयुक्त रुपमा आयोजना गरीएको थियो ।

राष्ट्रपतिको टेबल सम्म पुगेर रोकिएको नागरीकता बिध्ययक, एमसीसी सम्झौता, एसपीपी सम्झौता, अप्रत्याशित रुपमा बढेको महँगी लगायत बिषयमा गरीएको बिरोध प्रदर्शनमा वरिष्ठ अधिवक्ता तथा नागरीक समाजमा अगुवा  तिलक पराजुलीले सभालाई सम्बोधन गरेका थिए । सभालाई सम्बोधन गर्दै  पराजुलीले  बिरोध प्रदर्शन सचेतना पुर्वकको बिरोध प्रदर्शन रहेको उल्लेख गरे भने उनले एसपीपी सम्झौता पारीत भयो भने कुनै न कुनै निउमा आई अमेरीकी डिजाईनमा हिन्द प्रसान्त रणनितिको षड्यन्त्रको शिकार नेपाल हुने बताए । यस्तै पराजुलीले एमसीसी सम्झौता गलत र राष्ट्रघाति सम्झौता रहेको एसपीपी सम्झौता ल्याएर झन् उदाङ्गो पारेको भन्दै एमसीसी  सम्झौता भनेको माछा मार्न बल्छिमा चारो थापेजस्तो रहेको बताए ।

मन्तव्यका क्रममा उनले देशभत्त नागरीक का लागी नागरीकता बिधयक मान्य नभएको बताए  । खुल्ल्ला सिमनाको फाईदा लिन भारतले जलस्रोत र नागरीकता हडप्ने  दाउ स्वरुप नागरीकता बिधयक ल्याईएको बताए ।

उत्त बिरोध सभामा नेकपा ( मसाल ) महाधिवेशन आयोजक समितिका सदस्य बिक्रमले देशमा लगातार रुपमा एक पछि अर्को हुँदै राज्यले राष्ट्रघाति कदम चालिरहेको र त्यसैको आडमा भ्रष्टाचार मौलाएको बताए साथै उनले यो बिसङ्गतिका बिरुद्द् आम नेपाली संगठित भएर आवाज उठाउनुको बिकल्प नरहेको उल्लेख गरे । साथै उनले गण्डकी प्रदेश सरकारको अत्याधिक कर वृद्धिको समेत बिरोध जनाएका थिए ।

कार्यक्रममा नेकपा ( बहुमत ) का नवौं महाधिवेशन सदस्य तथा कास्की जिल्ला इन्चार्ज गोकुल पराजुलीले जनघात र राष्ट्रघातको बिरुद्द सबै राष्ट्रवादी शत्तिहरु एकजुट हुँदै यो दलाल संसदीय ब्यवस्थाको अन्त्य हुनुपर्नेमा जोड दिएका थिए भने उनले दलाल संसदीय ब्यवस्थाको उपहार आज जनतालाई राज्यले राष्ट्रघाती नागरीकता बिधयक, महँगी, भ्रष्टाचार, एमसीसी, एसपीपी सम्झौताहरु दिएको बताए । उनले राष्ट्रघाती सम्झौताहरुको बिरुद्द जनबिद्रोहको आबश्यकता रहेको उल्लेख गरे ।

उत्त कार्यक्रममा क्रान्तिकारी माओवादीका पोलिटब्युरो सदस्य धनेस्वर पोख्रेल पनि राष्ट्रघाति कदमका बिरुद्द सशस्त्र बिद्रोह गर्न परेपनि पछि नहट्ने उल्लेख गरे । कार्यक्रम नेकपा ( बहुमत ) का कास्की जिल्ला संयोजक बद्री अधिकारीले संचालन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस