संयुत्त राजनीतिक दलहरुद्वारा पोखरामा बिरोध प्रदर्शन !

पोखरा, नागरिकता बिधयक लगायत विभिन्न माग राख्दै संयुत्त राजनीतिक दलहरुद्वारा पोखरामा बिरोध प्रदर्शन गरेका छन् ।

पेट्रोलियम पदार्थ लगायत सम्पुर्ण वस्तु र सेवामा भएको चर्को मूल्य बृद्दी र कृषि मलको चरम अभाबका साथै नागरीक बिधयकका बिरुद्द आज पोखरामा नेपाल कम्युनिस्ट पार्टी ( बहुमत ), नेकपा मसाल, नेकपा क्रान्तिकारी माओवादी लगायत राजनीतिक दलहरुद्वारा संयुत्त रुपमा बिरोध प्रदर्शन गरेका हुन् ।

बिरोध प्रदर्शनमा नेकपा ( बहुमत ) का केन्द्रीय सल्लाहाकार जगन तिवारीले हाल नेपालका शाशकहरु आफ्नो बुद्दि विवेकमा नचलेको भन्दै उनीहरु अमेरीकी कस्टडिमा रहेको बताउनु भयो । एमसीसी लगायत राष्ट्रघाती सम्झौता दलाल पुँजिवादका कारण निम्तिएको समस्या भन्दै सल्लाहाकार तिवारीले तमाम खाले महंगी बिरुद्द र राष्ट्रघाती सम्झौता बिरुद्द जनताहरु टुलुटुलु हेरेर बस्न नहुने बताउनुभयो । यस्तै उहाले जबसम्म दलाल पुँजिवादको अन्त्य नभएसम्म आफुहरु लडिरहने बताउनु भयो ।

बिरोध प्रदर्शनमा नेकपा मसालका बिशेष महाधिवेशन आयोजक समितिका प्रतिनिधि बिक्रम थापा, नेकपा क्रान्तिकारी माओवादीका गण्डक प्रदेश सेक्रेटरी केश परीवार, लगायतले पनि बिरोध प्रदर्शन लाई सम्बोधन गर्नुभएको थियो l

प्रतिक्रिया दिनुहोस