८४ करोडको हतियार खरिद गर्दै सरकार

प्रहरीलाई हतियार किन्न मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ। केही दिनमा एलसी खोल्ने प्रक्रिया सुरु हुन्छ’, स्रोतले भन्यो, ‘१ अर्ब ३५ करोड रूपैयाँको हतियार खरिद प्रस्ताव गरिएको हो । पहिलो चरणमा ८४ करोडको हतियार ल्याउने योजना छ ।

दोस्रो चरणमा हतियार किन्न ५१ करोड छुट्याइएको छ।’ प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार नौ एमएमको पेस्तोल र सटगन खरिद गर्ने तयारी छ । ‘यी हतियार खरिदको विषय सिन्डिकेटमार्फत आएको हो। जसले हतियार ल्याउने हो, उसैले अर्थ मन्त्रालयबाट बजेट छुट्याएको देखिन्छ। एकै व्यक्तिले यस्तो काम गरिरहेको बुझिन्छ’, प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो। आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस