जिवन विमाको क्षेत्रमा अग्रणी सँस्था एल आई सी नेपालले स्वर्गीय कमल अधिकारीको परिवारलाई मृत्युदावीको रकम हस्तान्तरण गरेको छ ।
पोखरा महानगरपालिका वडा नं २६ वुढिवजार निवासी ४२ वर्षिय कमल अधिकारीले वि स २०७७ भदौमा एल आई सी नेपालमा ४० लाख ७० हजारको बिमा पोलिसीमा मृत्यु दावी परेपछि उनको आश्रीत परिवारलाई शुक्रवार एक कार्यक्रमका विच पोखरा महानगरपालिकाका वडा नं २७ का वडाअध्यक्ष पुर्णकुमार गुरुङले ४३ लाख ४२ हजार छ सय ९० रुपैंयाको चेक हस्तान्तरण गरेका हुन् ।
स्वर्गाीय अधिकारीको विमा गरेको आठ महिनामा नै कोरोना संक्रमणका कारण २०७७ चैतमा निधन भएपछि निजकी श्रीमती लक्ष्मी अधिकारी र छोरा विकास अधिकारीलाई विमाङक र एक वर्षको लाभांश सहित ४३ लाख ४२ हजार छ सय ९० रुपैंयाको चेक प्रदान गरिएको हो । अधिकारीले पहिलो किस्ताको दुई लाख रुपियाँ मात्र बुझाएका थिए ।