मन्त्री झाँक्रीले पनि राजीनामा दिँदै !

सहरी विकास मन्त्री राम कुमारी झाँक्रीले राजीनामा दिने भएकी छन् । उनले आइतबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी राजीनामा दिन लागेकी हुन् ।

पर्यटन मन्त्री प्रेम आलेले राजिनामा दिएपछी सहरी विकास मन्त्री राम कुमारी झाँक्रीले पनि राजिनामा दिने भएकी हुन् ।

विनियोजन विधेयकबारे आफ्नो मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको संसदमा जवाफ दिए लगत्तै झाँक्रीले राजीनामा दिने भएकी हुन। राजीनामाबारे जानकारी दिन केही बेरमै पत्रकार सम्मेलन आयोजना गरिएको छ ।

आले र झाँक्रीसहित १० जना सांसदले केही दिन अघि मन्त्रिपरिषदमा हेरफेर गर्ने निर्णयप्रति असहमति जनाउँदै पार्टीमा ध्यानाकर्षण पत्र बुझाएका थिए ।

प्रतिक्रिया दिनुहोस