विप्लव समुहका प्रभावसाली नेता पुन सहित ४ नेताले दिए राजिनामा : यस्तो छ कारण

नेकपा नेत्रविक्रम चन्द ‘विप्लव’ समूह छोडेका ओमप्रकाश पुनसहित चार केन्द्रीय सदस्यले नेकपा माओवादी केन्द्रमा प्रवेश गर्ने तयारी गरेका छन् । । माओवादी धारा केन्द्रीकृत र ध्रुवीकृत गर्ने उद्देश्यका साथ विप्लव समूह छाडेको उनीहरुले संयुक्त विज्ञप्तिमा समेत उल्लेख गरेका छन् ।

पुनसहित केन्द्रीय सदस्य शंकरबहादुर खड्का, दलबहादुर धामी, रमेश परियार छन् । खड्का पूर्व संविधानसभा सदस्य एवम् सेती ब्यूरो इन्चार्जको जिम्मेवारीमा छन् । धामी महाकाली इन्चार्ज छन् भने परियार कञ्चनपुर जिल्ला इन्चार्ज हुन । पुनसहित चार नेताले पार्टी छोडेपछि विप्लव समूहमा खैलाबैला मच्चिएको छ ।

नेता पुनले माओवादी केन्द्रमा प्रवेश गर्ने विषयमा पनि छलफल जारी रहेको भन्दै निष्कर्षमा पुगिनसकेको बताए । उनले माओवादीसँगै अन्य शक्तिहरुलाई समेत जोड्दै लैजाने आफूहरूको योजना रहेको बताए ।

प्रतिक्रिया दिनुहोस