नेकपा ( बहुमत )कास्कीबाट जिल्ला संयोजक सहित ६ जना नेता कार्यकर्ता पक्राउ परेका छन् ।
पेट्रोलियम पदार्थमा गरीएको मुल्यबृद्दि, बड्दो महँगी,एमसीसी सम्झौता र एसपिपि सम्झौताका बिरुद्द आन्दोलन गर्दै आईरहेको नेपाल कम्युनिस्ट पार्टी ( बहुमत ) कास्कीले आज पोखराको औधोगिक क्षेत्र नजिक एक घण्टा चक्काजाम गर्ने क्रममा प्रहरीले आधा दर्जन नेता कार्यकर्तालाई गिरफ्तार गरेको हो ।
गिरफ्तार पर्नेमा नेकपा( बहुमत ) कास्की जिल्ला संयोजक बद्री अधिकारी सहित, बिध्यार्थि नेता गगन परीयार, माछापुच्छ्रे गापा सेक्रेटरी भिमसेन परियार, जिल्ला सल्लाहकार धन बहादुर बिक,भुमिहिन सुकुम्बासी संगठनका जिल्ला संयोजक गोपाल,लेखनाथ सापकोटा रहेका छन् ।