आर्थिक अवस्था कमजोर भएका बिरामी रोक्कालाई जनसम्पर्क समिति ओमनद्वारा आर्थिक सहयोग

नेपाली जनसम्पर्क समिती ओमानले शिक्षण अस्पताल महाराजगन्ज काठमाडौमा CRYTOCOCCAL MENINGITIS रोगको उपचार गराई रहेका प्युठानका माधब रोक्कालाई आर्थिक सहयोग गरेको छ ।

बिगत लामो समयदेखि उपचार गराईरहेका झिमरुक गाउँपालिका-५ तारेभिर, प्युठानका रोक्काको पारीवारीक अवस्था कमजोर भएको हुँदा साथै उपचारमा पनि धेरै खर्च लाग्ने भएका कारण जनसम्पर्क समिति ओमनले रोक्काको उपचारको लागि सहयोग अपिल गर्दै ६१,१३७ रुपैयाँ संकलन गरेर हस्तान्तरण गरेको हो ।

यस्तै संकलित रकम मिति १३-०६-२०२२ सोमबारका दिन शिक्षण अस्पताल काठमाडौंमा उपचाररत बिरामी रोक्का र आफन्तहरुको सामु नेपाली जनसम्पर्क समिती ओमानका संस्थापक उपसभापति बेदनिधी आचार्य तथा नेपाली जनसम्पर्क समिती ओमानका कर्णाली प्रदेश संयोजक श्रीमती बिष्णु सुनुवारको रोहवरमा हस्तान्तरण भएको समितिका महामन्त्री डम्बर पुनले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस