काठमाडौं । सरकारले भोलि (असार १) देखि कार्यालय समय पुरानै निर्धारण गरेको छ । दुई दिन सार्वजनिक बिदा दिने निर्णय खारेज गरेको सरकारले कार्यालय समय ६ दिन लागु गर्ने भएको हो ।
मन्त्रिपरिषद्को मिति २०७९/०२/२३ गतेको बैठकले परीक्षणको रुपमा ०७९ साल जेठ १ गतेदेखि लागु हुने गरी हप्तामा दुई दिन बिदा दिने निर्णय खारेज गरेको छ । गृह मन्त्रालयले सार्वजनिक बिदा सम्बन्धी सूचना जारी गर्दै सबै सरकारी कार्यालयहरूमा आतबारदेखि विहीबारसम्म २०७९ असार १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म कार्यालय समय बिहान १० देखि अपरान्ह ५ बजेसम्म हुने र कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म विहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म हुने जनाएको छ ।
शुक्रबार कार्यालय समय विहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म हुने मन्त्रालयले जनाएको छ ।