महिलामाथि हातपात गरेको आरोपमा प्रदेश स्वास्थ्य राज्यमन्त्री विमला वली प्रहरीकाे नियन्त्रणमा

लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी वलीलाई प्रहरीले पक्राउ गरेको छ । दाङको तुलसीपुर–५ बसपार्क आलुमण्डीमा रहेको एकराज बस्नेतको घरमा प्रवेश गरी आतंक मच्चाएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घरभित्र छिरेर उनले एकराज खै ? भनी उनकी श्रीमती र छोरीहरुलाई कुटपिट गरेको जिल्ला प्रहरी कार्यलय तुलसीपुरले जनाएको छ ।उनले कोठाभित्रको दराजसमेत तोडफोड गरेको बताइएको छ ।घटना हुँदा एकराज घरमा थिएनन् । उनका आफन्तहरुले प्रहरीलाई खबर गरेका थिए । त्यस लगत्तै प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस