सिद्धान्तमा छिपछिपे ज्ञान भएको मानिसले क्रान्ति गर्दैन – धर्बेन्द्र बास्तोला

नेत्र बिक्रम चन्द `बिप्लव´ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबाट अलग हुँदै छुट्टै नेपाल कम्युनिस्ट पार्टी ( बहुमत ) का संयोजक धर्बेन्द्र बास्तोलाले सिद्धान्तमा  छिपछिपे ज्ञान भएको मानिसले क्रान्ति नगर्ने कुरा बताउनु भएको छ ।

पार्टी पुनर्गठन पश्चात जिल्लाका उल्लेखनिय नेता कार्यकर्ताको सहभागीता सहित पोखराको पिएन क्याम्पसमा भएको जिल्लाको बिस्तारीत बैठक तथा प्रशिक्षण कार्यक्रममा उहाँले सिद्धान्त गलत भयो भने सबै कुरा गलत हुने भन्दै छिपछिपे ज्ञानले क्रान्ति नहुने बताउनु भएको हो ।


प्रशिक्षण कार्यक्रममा बास्तोलाले बिप्लवमा उग्रबामपन्थि खोल भित्रको दक्षिणपन्थि अवसरवाद देखिएको औल्याउँनु भयो भने, एकीकृत जनक्रान्ति सारसंग्रहवादी भएको, नेतृत्वको रोमान्टिजम र आत्मसुरक्षावादी साथै निशेधात्मक संसोधनवादमा फस्दै जुझारु अर्थवादी चिन्तन रहेका कारण क्रान्तिकारी मार्ग छोडेका कारण आफुहरुले पार्टी पुनर्निर्माण गर्नुपरेको र क्रान्तिको झण्डा उठाउनु परेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस