पोखरा – नेकपा कास्की लगायत बिभिन्न राजनीतिक दलद्वारा आज पोखरामा राष्ट्रघाति MCC सम्झौता, कालाबजारी, भ्रष्टाचार, महँगीका बिरुद्द बृहत संघर्ष कार्यक्रम गरेको छ ।
पोखराको महेन्द्रपुलबाट शुरु भएको र्याली चिप्लेढुङ्गामा गएर कोण सभामा परीणत भएको उत्त कार्यक्रमलाई नेकपा कास्की सेक्रेटरी गोकुल पराजुली, राष्ट्रिय जनमोर्चाका प्रदेश अध्यक्ष शंकर बराल, नेकपा मसाल जिल्ला प्रवत्ता चन्द्र बहादुर जिसी, नेकपा माओवादी समाजवादीका प्रदेश अध्यक्ष टुक बहादुर लगायतले मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम नेपाल कम्युनिस्ट पार्टी कास्की पोखरा महानगर सेक्रेटरी बद्री अधिकारीले संचालन गर्नुभएको थियो ।