पोखरा – पर्यटकिय क्षेत्र अन्तर्गत पर्ने माछापुच्छ्रे गाउँपालिका ८ लुम्रे बजार चिनारी गित सार्वजनिक भएको छ ।
गायक राजन बरालको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको उत्त गितमा स्वर रिता केसी र राजन बरालको छ भने शब्द तथा संगीत राजन बरालको रहेको छ । यस्तै उत्त गितमा एरेन्जर मनोहर सुनाम र रेकर्डिस्ट भोला पौडेलले गरेका छन् ।
लुम्रे बजारको बिभिन्न जात, जाति, संस्कृति झल्कने र त्यहाँको वास्तविक चित्रण केही मात्रामा भएपनि गित मार्फत सार्वजनिक गरीएको साथै यस गितको भिडियो सम्पुर्ण लुम्रेवासीको सहयोगमा चाडैं नै सार्वजनिक गरीने गायक बरालले पोखरापाटीलाई बताउनु भयो ।
कास्कीको पर्यटनको गन्तब्य मानिने ल्वाङ र घलेलको बिचमा पर्ने लुम्रे बजाबाट मर्दी हिमाल, माछापुच्छ्रे हिमाल र अन्नपूर्ण हिमालको सुन्दर दृश्यले मनमोहक देखिन्छ भने उत्त ठाउँ हुँदै मर्दी हिमाल घुम्न जानेको घुइँचो नै लाग्ने गर्दछ ।
भिडीयो :-