वडा अध्यक्ष अधीकारीको तिज गित `जनताले हो´ बजारमा !

पोखरा महानगरपालिका वडा नम्बर ३३ का वडा अध्यक्ष रामचन्द्र अधिकारीको तिज गित “जनताले हो” सार्वजनिक भएको छ ।

वडा अध्यक्ष अधिकारीको आफ्नै  शब्द तथा अभिनय रहेको तथा गायिका तुलसी क्षत्री र अधिकारीको वडा अध्यक्ष २०७९ “जनताले हो” भन्ने बोलको तिज गित बजारमा आएको छ ।

आफ्नै वडा देखि गाउँको परिबेश साथै आफ्नो योगदान अगालेको तिज गितमा गायिका तुलसी क्षत्री र गायक रामप्रसाद ढकालको स्वर रहेको छ ।

धेरैले मन पराउने आसा बोकेको तिज गित तुलसी क्षेत्री अफिसियल युट्युब बाट सार्वजनिक भएको छ ।

प्रतिक्रिया दिनुहोस