मतदान प्रक्रीयाबाट सुल्झाईयो माओवादी केन्द्र गण्डकीका पदाधिकारी !

कास्की – नेकपा (माओवादि केन्द्र) गण्डकी प्रदेश पदाधिकारीको आज मतदान बाट टुङ्गाइएको छ। पोखरा स्थित मार्फा सेवा समाज चापापानीमा हिजै देखि भएको प्रदेश कमिटीको बैठकले सर्बसम्मत चयन गर्न नसकेपछि बुधबार बेलुका ७ बजे पछि भएको मतदान प्रक्रिया पश्चात् भने अब यो बिवाद सुल्झिएको छ।

प्रदेश समितिमा सहमतिको प्रयास बिफल भए पछी मतदानको प्रक्रिया अगाडि बढेको हो । मंसिर २७ गते प्रदेशको महाधिवेशनमा अध्यक्ष गायत्री गुरुङको चयन भए पनि अन्य पदाधिकारी चयन हुन सकेको थिएन । प्रदेश समितिमा २ सय १४ जना सदस्यहरु छन । उनिहरु पदाधिकारी चयनका लागि मतदाता थिए।

प्रदेश कमिटीको पदाधिकारी अन्तर्गत ३ उपाध्यक्ष, १ सचिव, ३ सहसचिव र १ कोषाध्यक्ष पदका लागि निर्वाचन भएको हो । उपाध्यक्षका लागि मित्रशरण शर्मा नवलपुर, गुणाखर बस्याल पर्वत, ज्ञामनाथ गैर बागलुङ लोकप्रसाद बञ्जरा गोरखा, गंगाप्रसाद पोखरेल कास्की, केशव पौडेल कास्की र गीता शाही तनहुँ बिच प्रतिस्पर्धा भएको हो।

यस्तै सचिव पदका लागि जगन्नाथ खनाल कास्की र विष्णुप्रसाद भट्ट गोरखा बीच प्रतिस्पर्धा भएको थियो भने ,सहसचिव पदका लागि जीवन खाती कास्की, टेकबहादुर विक म्याग्दी, मेखबहादुर भण्डारी लमजुङ, राजकुमार दुलाल कास्की, कल्पना अर्याल स्याङ्जा र अतिन्द्रकेशरी न्यौपाने तनहुँ चुनावी प्रतिस्पर्धामा थिए।

कोषाध्यक्ष पदमा ताराप्रसाद भुसाल स्याङ्जा र कास्कीका भीमबहादुर विक तथा मेखबहादुर विकबीच प्रतिस्पर्धा भएको थियो। ८ पदका लागि आबश्यकलाई लिएर १८ जना विच प्रतिस्पर्धा भएको हो ।

चैत ८ गतेदेखी पोखरामा सुरु भएको प्रदेश कमिटीको दोस्रो पूर्ण बैठकमा बुधबार राति मतदानबाट तीन उपाध्यक्ष पदका लागि गुणाखर बस्याल(पर्वत), मित्र शरण शर्मा (नवलपुर) र ज्ञामनाथ गैरे(बाग्लुङ) निर्वाचित हुनुभयो । यसैगरी सचिवमा गोरखाका जगन्नाथ खनाल निर्वाचित हुनुभयो ।

सहसचिवमा टेक बहादुर विक(म्याग्दी),अतिन्द्र केशरी न्यौपाने(तनहुँ) र मेख बहादुर भण्डारी(लमजुङ) र कोषाध्यक्षमा तारा भुसाल(स्याङ्जा) निर्वाचित भएका हुन् । प्रदेश कमिटीको अध्यक्षमा भने गायत्री गुरुङ यसअघिनै सर्वसम्मत चयन हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस