`बिप्लव´ नेकपाको बैठकमा चुनाव उपयोगको प्रस्तावमा ब्यापक असन्तुष्टि !

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द `विप्लव´ ले पार्टीको केन्द्रिय समितिको बैठकमा आउने चुनावलाई उपयोग गर्ने प्रस्ताव राखेपछि उत्त पार्टी भित्र चर्को असन्तुष्ट पैदा भएको छ ।

पार्टीले लिएको चुनाव सम्बन्धि निति बस्तुगत नरहेको भन्दै बैठकमा सहभागी अधिकांश केन्द्रीय नेताहरुले फरक मत जायर गरेका छन् भने पार्टीका जिल्ला तहका नेता देखी कार्यकर्ता सम्म यसको प्रभाव सृजना भएको छ ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समिति बैठकमा नेताहरुले धारणा राख्ने क्रम जारी छ । हालसम्म आधाजसो केन्द्रीय सदस्यहरुले महासचिव नेक्रविक्रम चन्द ‘विप्लव’ ले पेश गरेको राजनीतिक प्रस्तावमाथि धारणा राखिसकेका छन् ।

महासचिव विप्लवबाहेक चारजना सचिवालय सदस्यहित अन्य केन्द्रीय सदस्यले बोलिसक्दा चुनावमा बहिष्कार गर्ने मत प्रभावशाली देखिएको छ । विप्लवको राजनीतिक प्रस्तावले चुनावको उपयोग गर्नुपर्ने वकालत गरे पनि धेरै नेता त्यसको विपक्षमा खुलेका हुन् ।

यता  केन्द्रीय कार्यलयले भने जनतासँग जोडिएर जानुपर्ने आवश्यकता र औचित्यका विषयमा केन्द्रीय सचिवालय सदस्य र केन्द्रीय सदस्यबीच छलफल बढी केन्द्रित रहेको जनाइएको छ । विभिन्न सञ्चारमाध्यममा पार्टीको बैठकमा कोको चुनावका पक्षमा र कोको चुनावका विपक्षमा छन् भनी आएका टिप्पणी सत्य नभएको बताइएको छ । अड्कलका भरमा, भ्रम उत्पन्न हुने, क्रान्तिकारी शक्तिमा फुट उत्पन्न गर्ने गरी, क्रान्तिकारीहरूबीच वैमनस्य बढ्ने गरी, जान वा अन्जान रूपमा, पार्टी क्रान्तिकारी पङ्क्तिमा फुट पैदा गर्ने षड्यन्त्रस्वरूप, कल्पनाका भरमा सञ्चारमाध्यममा सार्वजनिक गरिएका अनर्गल प्रचारको भरमा नपर्न र दिग्भ्रमित नहुन पनि पार्टी केन्द्रीय कार्यालयले आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस