अखिल(क्रान्तिकारी) गण्डकी प्रदेश छात्रा बिभागद्वारा लेटाङको यौनजन्य हिंसा विरुद्ध पोखरामा र्याली सहित बिरोध प्रदर्शन

पोखरा – अखिल(क्रान्तिकारी) गण्डकी प्रदेश छात्रा बिभागद्वारा मोरङको लेटाङ नगरपालिका वडा नं ५ स्थित शिक्षा विकास माविमा कक्षा ७ मा अध्ययनरत एक छात्रामाथि हिजो आइतबार बिद्यालय परिसरमा सोही बिद्यालयमा पढाउने शिक्षक मनोज पौडेलले गरेको यौन दुर्वव्यहार लगायत देशैभरी भइरहेको यौनजन्य हिंसा विरुद्ध र्याली सहित बिरोध प्रदर्सन गरेको छ ।

पोखराको कन्या क्याम्पस अगाडिबाट सुरु भएको छात्राहरुको बिरोध र्याली पृथ्वीनारायण क्याम्पस अगाडि पुगेर बिरोध सभामा परिणत भएको थियो । विरोधको सभालाई सम्बोधन गर्दै अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य तथा अखिल (क्रान्तिकारी) गण्डकी प्रदेश छात्रा बिभाग प्रमुख कमला परियारले विद्यालयमा नै छात्राहरू अशुरक्षित हुने परिस्थिति आउनु लज्जास्पद र निन्दनीय भएको बताउनु भयो ।

यौनपिपासु, बलात्कारी जस्तो क्रुर अपराधी शिक्षकको भेषमा हुनुले हाम्रो समाजको वास्तविक मुखुण्डो उत्रेको बताउँदै पितृसत्ताको अहङ्कार र यौनपिपासु मानसिकताको भण्डाफोर गर्नुको विकल्प नभएको बताउनु भयो । उहाँले सरकारले यस्ता घटना को तुरुन्त कारबाही नगरे छात्राहरु को आन्दोलनको तागतले त्यस्ता शिक्षक हरुलाइ कारबाही गर्ने चेतावनी दिनुभयो ।

साथै परियारले केही दिनअघि मात्र अठार महिने बालिकाको बलात्कार पछि हत्या भएकोमा कडा विरोध जनाइन् । यौनदुर्व्यहार गर्ने शिक्षा विकास माविका शिक्षक मनोज पौडेलमाथि कडा पनि कडा कारबाही गर्न माग गर्दै बिद्यालयमा छात्राहरूको सुरक्षाको ग्यारेन्टी गर्न माग गरिन् ।

कोणसभा को संचालन अखिल ( क्रान्तिकारी) अमरसिंह माबि मुल इकाई कमिटीका सह – इन्चार्ज अङ्किता वाग्ले ले गर्नुभयको थियो ।

मोरङको सो घटनामा दोषीमाथि कडा कारबाहीको माग गर्दै आन्दोलनरत बिद्यार्थी तथा स्थानीयबासि र प्रहरीबिच झडप हुँदा एक महिला प्रहरी उर्मिला श्रेष्ठको ज्यान गएको छ । झडपमा केही स्थानीय,बिद्यार्थी र प्रहरी घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस