पोखरा – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल`‘प्रचण्ड´ आइतवार ६ गते पोखरा आउने भएका छन् । माओवादी केन्द्र गण्डकी प्रदेश कमिटीको आयोजनामा हुन लागेको विशेष प्रशिक्षण कार्यक्रममा सहभागी हुन प्रचण्ड पोखरा आउन लागेका हुन् ।
प्रदेश कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा प्रचण्डसहित अन्य केन्द्रीय नेताहरुको पनि उपस्थिति रहने बताईएको छ । यस्तै कार्यक्रम चुनावी रणनीति र आगामि बाटोका सन्दर्भ बिषयगत प्रशिक्षण कार्यक्रम रहेको नेकपा माओवादी कास्की जिल्ला इन्चार्ज राजकाजी गुरुङ र महानगर इन्चार्ज दिपक कोईरालाले बताउनुभयो ।
यसपटक प्रचण्ड पोखरामा आउने कार्यक्रमलाई अन्य पार्टीहरुले पनि महत्त्वका साथ हेरेका छन् ।
स्थानिय चुनावको मिति तय भएपछि आजभोली पार्टी अध्यक्ष प्रचण्ड पार्टीको प्रशिक्षण कार्यक्रममा नै ब्यस्त रहेका छन् । उनले कर्णाली लगायत बिभिन्न प्रदेशमा प्रशिक्षण कार्यक्रममा सहभागी भई कार्यक्रम सम्पन्न गरीसकेका छन् ।