जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय सदस्य हरि रिजालको कृषि फार्ममा विष्फोटक पदार्थ भेटिएको छ । जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले एक ट्वीट गर्दै यसबारे जानकारी दिएका हुन् ।
साथै उनलाई धम्कीपूर्ण पत्र पनि पठाइएको अध्यक्ष भट्टराईको भनाइ छ। घटनाबारे उल्लेख गर्दै उनले रिजालका सहकर्मी तथा परिवारको सुरक्षाका लागि सरकारसँग माग गरेका छन् ।‘जसपा केन्द्रीय सदस्य हरि रिजालको दाङस्थित कृषि फार्ममा विस्फोटक पदार्थ राख्ने, धम्कीपूर्ण पत्र पठाउने कार्य जो कसैले गरेको भए पनि निन्दनीय छ’, डा. भट्टराईले मंगलबार बिहान एक ट्विट गर्दै भनेका छन्, ‘एमसीसी वा कुनै पनि बहानामा यस्ता आपराधिक कार्य गर्ने उपर राज्यले तुरुन्त कारबाही गरोस् र नेता रिजाल, उहाँका सहकर्मी र परिवारको सुरक्षा गरोस्।’ उनले लेखेका छन् ।
प्रतिक्रिया दिनुहोस