तनहुँको सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु, १३ घाईते ।

तनहुँ  । तनहुँको ऐनापहरामा सवारी दुर्घटना हुँदा घाइते भएका ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

मृत्यु हुनेमा दुई जना पुरुष र एक जना महिला रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज खड्काले बताए । मृतक तीनै जनाको नाम थर वतन नखुलेको प्रहरीलव जनाएको छ ।

उक्त दुर्घटनामा परी १३ जना घाइते भएका छन् । पृथ्वीराजमार्ग अन्तर्गत जिल्लाको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहारमा आइतबार मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ग२ख ३०७ नम्बरको बस र विपरित दिशाबाट जाँदै गरेको ग३च ६०१२ नम्बरको टाटा सुमो एक आपसमा ठोक्किदा १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

टाटासुमो सडकदेखी अन्दाजी ५ मिटर तल खस्न गइ दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाईते भएका १३ जना यात्रुहरुलाई प्रहरीले उद्दार गरी हाडजोर्नि अस्पताल पठाइएकोमा ९ जना लाई थप उपचारको लागी चितवन स्थीत पुरानो मेडिकल कलेज रिफर गरिएको थियो ।

मृत्यु हुने ९ जना मध्य कै रहेको प्रहरीले जनाएको छ । अन्य ६ जनाको रिफर गरिएका घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । बस चालक इप्रका आबुखैरेनीको नियन्त्रणमा रहेको र टाटासुमो चालक घाइते भइ उपचारमा रहेको छ ।

उक्त दुर्घटनामा परी घाइते हुनेमा तनहुँको शुक्लागणडकी नगरपालिकाका ८० वर्षीय दामोदर पुरी, आबुखैरेनी गाउँपालिका- ४ बस्ने २८ वर्षिया देविका थापा मगर, १८ वर्षिया आरती खवास, गोरखाको गण्डकी गाउँपालिका-१ बस्ने ३८ वर्षिया डिनमाया नेपाली, तनहुँको आबुखैरेनी गाउँपालिका-३ बस्ने ३३ वर्षिया हिरा बसेल, तनहुँको शुक्लागण्डकी बस्ने ३३ वर्षियाजितेन्द्र शाही, सोही स्थान बस्ने ५२ वर्षिया गोमा शाही, ४१ वर्षिया दिनु शाही, कास्कीको पोखारा महानगरपालिका बस्ने ५२ वर्षिय राम शाही, सोही स्थान बस्ने ५२ वर्षिया ज्ञानु शाही, नाम थर वतन नखुलेको अन्दाजी ३२/३३ वर्षिया महिला, अन्दाजी ६० वर्षीय पुरुष र अर्का अन्दाजी ५० वर्षिय पुरुष रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस