लमजुङ – अखिल(क्रान्तिकारी) लमजुङले राष्ट्रघाति सम्झौता एमसिसि र अहिले पछिल्लो समय लगातार रुपमा दैनिक उपभोग्य बस्तु तथा पेट्रोलियम पदार्थमा भएको मुल्य वृद्धिका विरुद्ध बिरोध प्रदर्शन गरेको छ ।
अखिल(क्रान्तिकारी) ले जिल्लाको बेशिसहर मा रहेको जनबिकास माध्यमिक बिधालयको गेट बिद्यार्थी सहित निक्लेको र्याली जनबिकास बिधाल्य प्रवेश चोकमा कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य तथा लमजुङ जिल्ला अध्यक्ष राजन साउदले अहिले को संसदीय व्यवस्थाको सरकार जनताको सरकार न भै जनता मारा र देश बेचुवा राष्ट्रघाति दलालहरुको सरकार रहेको बताएका छन ।
एमसिसि लाइ जनताले बिरोध गर्दा पनि जनतालाइ गोलि हानि जनता र विद्यार्थी आवाज बन्द गर्ने दुस्साहस नगर्न आग्रह र चेतावनी समेत दिएका छन ।
अध्यक्ष साउदले हिजो राणा शासन विरुद्ध, पन्चायत विरुद्ध र राजतन्त्रका विरुद्ध लडेको विद्यार्थी संगठन अब अन्तिम चोटि यो संसदीय व्यवस्था विरुद्ध लड्नु तयार हुनुपर्ने भन्दै आम विद्यार्थीलाइ अपिल समेत गरेका छन ।
बिरोध प्रदर्शनमा सहभागी बिद्यार्थीले राष्ट्रिय झन्डा र कलम र तारा अङ्कित झन्डा सहिद विभिन्न नारा लेखिएका प्ले काडहरु समाउदै नाराबाजी समेत गरेका थिए ।
कार्यक्रम को संचालन अखिल (क्रान्तिकारी)का जिल्ला सदस्य लक्ष्मण तामाङले गर्नु भएको थियो ।