पोखरा, २४ फागुन । जनता समाजवादी पार्टी जसपाका प्रभावशाली नेता सहित दर्जनौँ नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।
आज पोखरामा आयोजित एक कार्यक्रममा जसपाका केन्द्रीय सदस्य देवी सुवेदी, संविधानसभा सदस्य डिबी नेपाली लगायतका नेताहरु एमालेमा प्रवेश गरेका हुन् ।
नेकपा एमाले गण्डकी प्रदेश कमिटीद्वारा आज आयोजित कार्यक्रममा जसपाका ९ केन्द्रीय सदस्य, १३ जना प्रदेश पदाधिकारी तथा सदस्य, १२ जना जिल्ला सदस्यका साथै भ्रातृ संगठनका तीनजना अध्यक्षसहित एमालेमा प्रवेश गरेका छन् । उनीहरुलाई पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माला लगाउँदै एमालेमा स्वागत गरेका छन् ।