पेट्रोलियम पदार्थमा भएको मुल्यबृद्दीको बिरोधमा कास्कीको आयल निगम घेराउ ।

नेपाल कम्युनिस्ट पार्टी कास्कीद्वारा पेट्रोलियम पदार्थमा गरीएको मुल्यवृद्धिको बिरोध गर्दै पोखरा महानगरपालिका पावर हाउस नजिक रहेको नेपाल आयल निगमको कार्यलय घेराउ गर्दै बिरोध प्रदर्शन गरेको छ ।

बर्षातको प्रवाह नगरी उपस्थित नेकपा कास्की अन्तर्गतका बिभिन्न जनवर्गिय संगठनहरुको उपस्थितिमा आयल निगमको कार्यलय घेराउ साथै बिरोध प्रदर्शन गरेका थिए ।

यस्तै कार्यक्रममा युवा संगठन नेपाल गण्डकी प्रदेश संयोजक इन्द्र साउदले जनताको सामान्य जनजीवनको प्रवाह नगरी आयल निगमले पटक पटक बिभिन्न बाहाना देखाई गरीएको मुल्यबृद्दि जनताको ढाड सेक्ने कार्य बाहेक अरु नभएको भन्दै करिब एक घण्टा लामो नाराबाजी सहितको घेराउ कार्यक्रम समापन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस