नेत्र बिक्रम चन्द `बिप्लव´ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)ले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।
अखिल (क्रान्तिकारी) कास्कीले आइतबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा रहेको रेडक्रस भवनको कार्यालयमा रक्तदान गरेको हो।
बढ्दो महामारीबीच आवश्यक रगत आपुर्तिमा कमी हुन नपाओस भन्ने उद्देश्यले रक्तदान कार्यक्रम शुरु गरिएको र रक्तदान कार्यक्रम सम्पूर्ण स्वास्थ्य मापदण्ड पुरा गरेर सञ्चालन गरिएको अखिल क्रान्तिकारी कास्कीका अध्यक्ष पुरन पुनले जानकारी दिए।
महामारीको कठिन परिस्थितिका बाबजुद चलेको रक्तदान कार्यक्रम, अखिल क्रान्तिकारी कास्कीले आयोजना गरेको हो।
अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य प्रकाश बास्तोलाको उपस्थिति रहेको उत्त रक्तदानमा अखिल क्रान्तिकारी कास्की जिल्ला अध्यक्ष पुरण पुन लगायत अखिल क्रान्तिकारीका नेता कार्यकर्ता, नेकपा केन्द्रीय सदस्य तथा तनहुँ जिल्ला इन्चार्ज पुर्णजित पुन `उभार´ कास्की जिल्ला सेक्रेटरी गोकुल पराजुली `बिश्वास´ र जनपत्रकार संगठन नेपालका सदस्य रमाकान्त बास्तोला सहित २५ जनाले रक्तदान गरेका थिए ।