पोखरापाटी
प्रकाशित मिति : २०७७ चैत्र ७, शनिबार
नेपाल कम्युनिष्ट पार्टीको गण्डक ब्युरोले आफ्नो अभियानको थालनि गरेको छ ।
हालै सरकार संग तिन बुंदे सहमति गरे पस्चात खुल्ला राजनितिक कार्यक्रममा जोडीएको नेकपाले आफ्नो सिद्धान्तलाई बोकेर खुल्ला कार्यक्रमका साथै अभियान थालनि गरेको हो ।
कार्यक्रम अन्तर्गत नेपाल कम्युनिस्ट पार्टी गण्डक ब्युरो अन्तर्गत गोरखा जिल्लाको अजिरकोट गाउँपालिकामा गण्डक ब्युरो इन्चार्ज उमा भुजेल सहीत जिल्ला ईन्चार्ज प्रतिक लगायतका नेता कार्यकर्ताहरुको अभियान टोलि र स्थानीय जन-सहभागितमा भेटघाट, राजनितिक छलफल र अन्तरक्रिया कार्यक्रमहरु तिव्र रुपमा सन्चालन भइरहेको छ।
यस्तै गण्डक ब्युरो अन्तर्गत तनहुँले पनि आफ्नो कार्यक्रमलाई तिब्र अघि बढाएको छ । तनहुँले मुख्यतः संगठन बिस्तार, कोण सभा इत्यादी कार्यक्रमहरु गर्दै आईरहेको प्राप्त समाचारमा बताईएको छ । नेकपा तनहुँका इन्चार्ज निशानका अनुसार आफुहरुले बिभिन्न जबस मोर्चाहरुको भेला साथै कोण सभा गरीरहेको साथै जनताको माझमा रहेर राजनैतिक छलफल, भेटघाटका साथै अन्तरक्रीया गरीरहेको बताउनु भयो ।
यता गण्डक अन्तर्गतका कास्की, लमजुङ र स्याङ्जा जिल्लामा पनि नेकपाले आफ्नो कार्यक्रमहरु तिब्र बनाएको त्यहाँका पार्टी सम्बद्द नेताहरुले जानकारी दिनुभएको छ ।
देशमा जनताको समस्या ब्याप्त भईरहेको बेला जनताको समस्या उस्तै रहेको र झन् देश र जनताको अस्तित्व नै धरापमा पर्दै गईरहेको अवस्थामा यसको निकास सम्सदीय ब्यवस्थाले नदीने भन्दै बैज्ञानिक समाजवादी ब्यवस्था नै अबको बिकल्प रहेको नेकपाले बताईरहेको छ ।
प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित