मूल्यवृद्धि बिरुद्द काठमाडौमा बिरोध प्रदर्शन !

जनता समाजवादी पार्टी नेपाल लगायत शिल्पी विशेष प्रदेश राष्ट्रिय समिति र नेवा: राष्ट्रिय समितिले सरकारविरूद्ध काठमाडौंमा विरोध प्रदर्शन गरेको छन् ।

बुधबार  पेट्रोलियम पदार्थमा भएको मुल्यबृद्दि, जातिय बिभेद, महिला हिंसा साथै प्रतिगमन विरूद्ध उनीहरूले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन्।

बिरोध प्रदर्शनमा निरंकुश प्रधानमन्त्री मुर्दावाद, महिलामाथिको हिंसा बन्द गर, सामाजिक सुरक्षा कायम गर, बढ्दो महँगी नियन्त्रण गर, प्रतिनिधिसभा पुनर्स्थापना गर लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
यस्तै बिरोध प्रदर्शनका क्रममा थाल ठटाउँदै, ग्यास सिलिन्डर समेत बोकेर सांकेतिक रूपमा विरोध प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस