पोखरा ३२ मजुवा बस्ती पुरै त्रसित, घर घरमा प्रहरीको छापा !

पोखरा : कोरना संक्रमितको शब आफ्नो क्षेत्रमा ल्याएर ब्यवस्थापन गरीएको भन्दै आक्रोशित पोखरा ३२ मजुवा बस्तिका बासिन्दाले गरेको अबरोधका बिच झडप सृजना भयो । झडपमा करिब आधा दर्जन स्थानियहरु घाईते भएका थिए ।

उत्त बस्तिमा घटेको घटना अझै साम्य भएको छैन । झडपमा संलग्न र तोडफोड कार्य भएको भन्दै प्रहरी प्रशासन पुरै बस्तिमा परिचालन भईरहेको छ । र बस्तिका घर घरमा पुगेर त्यहाँका युवा तथा बृद्दहरुको खोजी कार्य भईरहेको पाहिएको छ । जसका कारण मजुवा बस्ति पुरै त्रसित बनेको छ । एकातिर राज्यको कोरना संक्रमीत शब ब्यवस्थापनमा कमजोरी र स्थानिय सङ्गको सहकार्यमा मनपर्दी हुँदा राज्य चुकेको अवस्था छ ।

झडपमा नाकाको पोस्ट समेत तोडफोड भएको थियो भने केही थान मोटरसाईकल समेत फुटाइएका थिए । झडप उग्र रुप लिएपछि करिब आठ राउण्ड हवाई फायरिङ्ग गरीएको एक प्रहरीले बताएका थिए ।

गाउँका युवाहरु सबै पलायन भएका छन् भने गाउँका घर घरमा गएर प्रहरीले छापा मार्ने काम भैरहेको स्थानियहरुले बताएका छन् । यता इलाका प्रहरी कार्यलय पावरहाउसका प्रमुख कृष्ण प्रसाद पराजुलीले गाउमा अपराधिक क्रियाकलापमा संलग्नलाई खोजी भएको तर घर खानतलासी गर्ने कुनै सर्कुलर नभएको बताउनु भएको छ । यस्तै उहाँले अपराधीलाई कुनै हालतमा नछोडिने समेत बताउनु भयो ।
गाउँमा प्रहरीको हिडडुल र खोजी कार्य व्यापक हुँदा स्थानियहरु त्रसित साथै आतंकित बनेको खबर छ ।

यस्तै यसै बिषयमा आज महानगरमा भएको छलफलमा केही बिषयमा सहमती भएको जानकारी प्राप्त भएको छ । स्थानिय का प्रतिनिधि , बुद्दिजिवी सहित गरीएको छलफलमा घाईतेलाई उपचार गरीनु पर्ने र गिरफ्तार गाउँलेलाई रिहाई गरीनुपर्ने माग राखिएको थियो जसमा महानगर प्रमुख मान बहादुर जिसिले छिट्टै टुङ्गो लगाउने बताउनु भएको खबर छ । यस बिषयमा प्रमुख जिसिलाई सम्पर्क गर्दा उहाँको फोन उठेन ।

स्याङ्जा अर्जुनचौपारीका कोरना संक्रमितको  पश्चिमान्चल  क्षेत्रीय अस्पताल पोखरामा मृत्यु भएपछी  शब ब्यवस्थापनको लागि महानगरले मजुवा बस्ती नजिकै रहेको रातो पहिरे घाट छेउमा ब्यवस्थापन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस