प्याप्सन र एन प्याप्सनको शुल्क असुली अपिल प्रती अखिल क्रान्तिकारी कास्कीको ध्यानाकर्षण !

विश्व कोरना भाईरस को संकटपुर्ण अवस्थामा गुज्रिरहेएको बेला र नेपालमा भाईरसको असर र लकडाउन समयमा पनि निजि शैक्षिक सस्थाहरुको छाता संगठन प्याप्सन एन प्याप्सनले अभिभावक र बिध्यार्थीको ढाड सेक्नेगरी शुल्क असुल गर्न गरीएको अपिल प्रती अखिल क्रान्तिकारी कास्कीले आफ्नो ध्यानाकर्षण रहेको एक बिज्ञप्ति मार्फत जनाएको छ ।

अखिल क्रान्तिकारी कास्कीका संयोजक पुरन पुन मगर द्वारा जारी बिज्ञप्तिमा अभिभावक एबम बिध्यार्थीहरुलाई चैत, बैशाख र जेठको शुल्क नदिन र लुटेराको अपिल लाई अवज्ञा गर्न समेत अपिल गरेका छन् । साथै प्याप्सन एन प्याप्सनको यो निर्णय फिर्ता नलिए आफुहरु बिध्यार्थी हितको लागि कडा आन्दोलन गर्न बाध्य हुने बताईएको छ ।

जारी बिज्ञप्तिमा आफुहरु बिध्यार्थीको पक्षमा निरन्तर लडिरहेको जनाउदै बिध्यार्थी र अभिभावकको ढाक शेक्ने कार्य नरोके र आफुहरु आन्दोलनमा जानुपरे उत्पन्न परिस्थितिको भागिदार सम्बन्धित निकायले ब्यहोर्नुपर्ने समेत जनाईएको छ ।

यस्तै प्याप्सनको अपिलको भ्र्त्सना गर्दै विभिन्न बिध्यार्थी संगठन तथा अगुवाहरुले पनि बिरोध जनाएका छन ।

प्रतिक्रिया दिनुहोस