पोखरा ३३ मा फेरी भेटियो अबैध सालका काठ !

पोखरा – ३३ मा पर्ने धारापानी सामुदायिक बनमा फेरि अबैधानिक सालका काठ फेला परेको छ । यो दोस्रो पटक अबैध काठ फेला परेको हो ।

सामुदायिक बन देखि तीन ठाउँमा लुकाएर राखेको अबस्थामा काठहरु फेला परेको थियो ।

सोही ठाउँमा यो भन्दा पहिले उत्त बनको काठ पुडिटार र तल्लो पुढिटारमा ब्यत्तिको घरमा राखिएको अवस्थामा डिभिजन बन कार्यलय लेखनाथको टोलिले जफत गरि सामुदायिक बन समिती लगायत काठ लगेर राख्ने बिरुद्द मुद्दा चलाएको थियो । भने मुद्दा अदालतको फैसला अनुरुप जम्मा साढे सात लाख धरौटीमा छुटेका थिए ।

यता जिल्ला बन कार्यलयले राखिएको ठाउँबाट गणना गरिसकिएको बताएको छ । र तत्कालै मुद्दामा जाने बताईएको छ । कोरना का कारण काठ उठाउन ढिलाई भएपनि यसको छानबिन र मुद्दा प्रक्रीया सुरु गरिने जिल्ला बन कार्यलयका डिएफओ रामकाजी श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस