पोखरामा दिउसै चोरी !

पोखरा १७ डेमसाईडमा रहेको सि एस रेस्टुरेन्टमा दिउसै चोरी भएको छ ।

आज करिब पाँच बजेको समयमा रेस्टुरेन्ट भित्र बाट अन्जान मानिस बाहिर निस्कदै गर्दा स्थानियले देखेर उक्त मानिसलाई समाउँदा चोरी भएको बुझिएको हो ।

खुकुरीले ढोका फोरी भित्र पसेर भित्रका रक्सी आईटम देखि भाडाकुडा लगाएत नुन , तेल समेत निकालिएको स्थानियले बताए । के कति चोरी भएछ बिस्तृत विवरण भने जानकारी भने आएको छैन ।

चोरी गर्ने एक जनालाई इलाका प्रहरी कार्यलय बैदामले रङ्गेहात समाएको छ ।

प्रतिक्रिया दिनुहोस