पोखरा — पोखराकी ५५ वर्षीया महिलाको र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) किटको परीक्षण रिपोर्ट पोजिटिभ देखिएको छ ।
दुबईबाट २७ दिनअघि फर्किएकी पोखरा–१२ ढिकालेथरकी महिलाको रगतकाे नमुना किटबाट परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएको हो । पोखराको १० र १२ नम्बर वडाका ३४ जनाको नमुना परीक्षण गर्दा उनको नतिजा शंकास्पद देखिएपछि पुनः परीक्षण गरिएको थियो ।
दोस्रोपटक परीक्षण गर्दा समेत पोजिटिभ देखिएकोले स्वाब परीक्षणका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ। उक्त स्वाब पीसीआर मेसिनमा परीक्षण पश्चात कोरोना भाइरस भए/नभएको पुष्टि हुने पोखरा महानगर स्वास्थ्य महाशाखाले जनाएको छ ।
पोखरा–१२ का अध्यक्ष रामबहादुर कार्कीका अनुसार ती महिला आफ्नै घरमा एक्लै बस्दै आएकी थिइन्। उनी दुबईमा रहेका छोरालाई भेटेर चैत ८ मा नेपाल फर्किएको बताईएको छ । यो खबर ईकान्तिपुरमा दिपक परीवारले लेखेका छन् ।