पोखरामा क्वारेन्टाइनमा रहेका एक ब्यक्तिको मृत्यु !

भारतबाट फर्किएका एक ब्यक्तिको पोखरामा मृत्यु भएको छ । १२ दिनअघि भारत हैदराबादबाट फर्किएका रुपा गाउँपालिका निवासी ५० वर्षीय बिश्व बन्धु नेपाली रहेको जनाइएको छ ।

थप उपचारकालागि पश्मिाञ्चल क्षेत्रीय अस्पताल पोखरा ल्याउँदै गर्दा उनको मृत्यु भएको अस्पताल स्रोतले बतायो । उनि १२ दिनअघि भारबाट आएको  भएपनी  हिजो मंगलबारबाट उनलाई क्वारेन्टाइनमा राखिएकाे रुपा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद पोखरेलले जानकारी दिनुभयो ।

उनलाई क्वारेन्टाइनमा राखेको र थप उपचारका लागि पश्मिाञ्चल अस्पताल पोखरा ल्याउने क्रममा मृत्यु भएको अस्पताल निर्देशक अर्जुन आचार्यले बताए । भने उनलाई मुटुको रोग, कलेजोमा पानि जमिराखेको भन्नने रहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस