‘विप्लव’ नेपाली जनप्रगतिशिल मोर्चा युएईले २५ औ जनयुद्ध दिवस भब्य र सभ्य रुपले सम्पन्न गरेको छ।
‘प्रबासी मजदुर एक हौ, नेपालमा बैज्ञानिक समाजवादमा लाम बद्द हौ’ भन्ने मुल नाराका साथ दुबईमा शुक्रबार एक कार्यक्रम गरी युएई मोर्चाले जनयुद्ध दिवस मनाएको हो ।
कार्यक्रम मोर्चाका उपाध्यक्ष कमल पोख्रेलले संचालन गर्नु भएको थियो भने कार्यक्रमको सभापतित्व मोर्चाका अध्यक्ष मनोज काउछाले गर्नु भएको थियो।
सेक्रेटरी समर खत्रीको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा मोर्चाका सल्लाहकार,विभिन्न संघ संस्था प्रतिनिधीहरू समेतको बाक्लो उपस्थिति रहेको थियो ।
सभालाई समापन गर्दै मोर्चा अध्यक्षले विभिन्न परिस्थितिको सामाना गर्दै उपस्थिति जनाएर देशमा परिवर्तन ल्याउन र प्रवासबाट बिभिन्न तरिकाले योजना बद्द सहित चुनौती दिन सफल सम्पुर्ण सदस्यहरुलाइ धन्यवाद ज्ञापन गर्दै छिट्टै नै मोर्चाले प्रवासमा मजदुरको सवालहरु लगायतका योजनाहरु बनाएर अघि बढ़ने जानकारी गराउनु भएको थियो ।
यस्तै जनयुद्द दिवस दिन मोर्चाको पाँचौ अधिवेशन समेत सम्पन्न गरेको थियो । पाँचौ अधिवेशनले पुन: मनोज काउछाकै नेतृत्वमा सर्वसम्मत ११ सदसिय नयाँ कर्यसमिति चयन गरेको थियो ।