तिमि डरायौ बिचार सँग
म डराएँ तिमि सँग
तिमि आफ्नो नाश हुन्छ कि भनि डरायौ
म देशको नास हुन्छ कि भनि डराएँ
तिमि आफ्नो लागि डरायौ
म जनता र यो देशको लागि डराएँ
तिमि फासिष्ट बन्दा
म न्यायको भोको हुँदा
जेल नेलको धम्कि तिमीले दिँदा
म हाँसेर तिम्रो खिल्ली उडाएँ
किनकि म मेरो लागि होइन
जनता र देशका लागि आएको हुँ
तिमीले देखाएका शैली र
तिमीले दिएका दमनका चोटहरु
अमृत सरि बिचारका मलहमले
निको भएका छन्
नपत्याए हेर त् !
तिमि कापिंरहेका छौ
म निर्धक्क जागिरहेको छु !
न्यायको पक्षमा मेरा आवाज
बुलन्द हुँदा तिम्रा होस् गुमेका छन्
मेरा होस् खुलेका छन्
त्यसैले तिमि डरायौ बिचार सँग
म डराएँ तिमि सँग
तिमि आफ्नो नाश हुन्छ कि भनि डरायौ
म देशको नास हुन्छ कि भनि डराएँ !!
सोच्यौ होला भित्ताका बिचार मेटाउदा
मेरा बिचार समाप्त हुन्छन
तिमि पागल भएछौ, यहि बिचारसंग
कतै डस्ने डरले,
म झनै उर्जाशील भएको छु
तिम्रा यी फासिष्ट कदमले
झनै खुसि भएको छु किनकि
मेरा बिचारले
तिमि कापिरहेका छौ !!