पोखरा, माघ २१ – केही दिन पहिले परिक्षण उठान गरेको श्री एयरलाइन्सले टर्वोपर्प जहाजबाट शुक्रबार देखी काठमाडौं— पोखरा नियमीत उठान गर्ने भएको छ । श्री ले दैनिक दुई वटा उडान गर्ने कम्पनीले जनाएको छ ।
विहान ७ बजेर १० मिनेट र ११ बजेलाई पोखरा काठमाडौको उठान भर्ने कम्पनीले जनाएको हो । पोखरा–काठमाडौं सम्मको भाडा दर २६ सय रुपैयाँ कायम गरेको छ भने काठमाडौं— पोखराका लागि भने २ हजार रुपैयाँ भाडा कायम गरिएको जनाइएको छ ।
८० सिट क्षमता भएको , सुलभ बजार तथा सेवा विस्तार गरिरहेको श्रीले पोखरा–काठमाडौंको भाडादर कम राखेको हो । अहिले पोखराबाट काठमाडौं जादा ५ हजार २ सय रुपैयाँ सम्म तिर्नु पर्ने हुन्छ ।