सामाजिक सञ्जालमा सार्वजनिक टेलिफोन सवादमा आधारीत रहेर चितवन मेडिकल कलेजमा शैक्षिक एजेण्डा बेचेर नेतृत्वले लाखौं रुपैया खाएको भनी चलेको हल्ला भ्रामक भएको भन्दै अखिल क्रान्तिकारीले त्यसको खण्डन गरेको छ ।
अखिल क्रान्तिकारीका अध्यक्ष चीरन्जीवी ढकालले आज एक विज्ञप्ति संगठनकै पहलमा चितवन लगायतका मेडिकल कलेजमा आन्दोलन चलिरहेको र त्याहाँ शैक्षिक एजेण्डालाई आर्थिक लेनदेनसगँ साट्ने कल्पना पनि गर्न नसकिने भन्दै त्यस्तो भ्रममा नलाग्न आग्रह गर्नु भएको छ ।
साथै कनुै पनि आन्दोलनलाई अन्य कुनै पनि बिषयमा सम्झौता नगर्ने प्रतिवद्धता अध्यक्ष ढकालद्धारा जारी विज्ञप्तिमा जनाईएको छ ।
पार्टीको बिचार, मुल्य , मान्यताबाट बिचलित र पार्टी विरुद्ध सुराकी गर्नेहरु केहीले नक्कली फेसबुक लगायत सामाजिक सञ्जालबाट पार्टी र नेतृत्व विरुद्ध योजनावद्ध रुपले षड्यन्त्र गरिरहेको भन्दै ओली सरकारका एजेण्टहरुलाई आन्दोलनले उचित समयमा उचित जवाफ दिने भन्दै अफ्वाह र भ्रममा नपर्न सबैमा अध्यक्ष ढकालले आग्रह गरेका छन् ।