दुबईमा पनि भेटियो कोरोना भाइरस !

चीनमा १ सय ७० को मृत्यु

चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ सय ७० पुगेको छ । अत्यधिक रुपमा फैलिँदै गरेको उक्त भाइरसबाट संक्रमित बिरामी दुबईमा पनि पहिलो पटक भेटिएका छन् ।

संयुक्त अरब इमिरेट्सले बुधबार नयाँ चिनीयाँ भाइरस संक्रमित बिरामी भेटिएको पुष्टी गरेको छ । युएईका स्वास्थ्य अधिकारीहरुका अनुसार वुहानबाट चीन पसेका एकै परिवारका चार व्यक्तिमा कोरोना भाइरस देखिएको हो ।

उनीहरुमा फ्ल्यूको लक्षण देखा परेको छ । चिकित्सकका अनुसार हाल उनीहरुको उपचार युएई अस्पतालमा भइरहेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार इमिरेट्सका अधिकारीहरुले विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस सम्बन्धी जारी गरेको आवश्यक सावधानी, वैज्ञानिक सिफारिस, सर्त र मापदण्ड अनुरुप सावधानी अपनाएका छन् । सामान्य स्वास्थ्य अवस्था चिन्ताको विषय होइन ।

युएईमा सरकारी र सरकारी सहयोगी सञ्चार माध्यमले बुधबार यस विषयमा ध्यानआर्कषण गराएको थियो । कोरोना भाइरसबाट संक्रमित भएका व्यक्तिहरुको अवस्था र परिस्थिति नियन्त्रणमा रहेको बताएका थिए ।

अरब स्वास्थ्यमा यस हप्ता दुबईको एक ट्रेड शोमा इमिरेट्स र कार्यक्रममा उपस्थित हुने मानिसहरुले भीडमा मास्क लगाएर हिँडिरहेका थिए । इमिरेट्सले बेइजिङ, गोङजाओ, साङ्गाई र हङकङको उडान जारी गरेको छ ।

‘हामी चीनको लागि हाम्रो सबै उडानमा सवार व्यक्तिहरुलाई ह्यान्ड स्यानिटाइजर र मास्क प्रदान गर्दैछौं,’ कम्पनीले विज्ञप्तीमा उल्लेख गरेको छ ।

चीनको हुबेई प्रान्तबाट सुरु भएको उक्त्त भाइरस चीन बाहेक दर्जनभन्दा बढी देशमा फैलिएको छ । अहिलेसम्म ७ हजार ७ सय ११ चिनियाँ नागरिकमा संक्रमण फैलिएको स्वास्थ्य कर्मीको तथ्यांक छ । चीनको हुबेइमा १ हजार ३२ जना नयाँ बिरामी पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस