सर्बोच्चको बाध्याकारी आदेश पछि रिहा भए अर्याल ।

बिप्लव समर्थक भन्दै पक्राउ अर्याल लामो समयमा छुटे ।

बेनी / माघ १४ -बिगत लामो समयदेखि बिप्लव नेतृत्वको नेकपा समर्थकको आरोपमा पक्राउ परी हिरासत जीवन बिताईरहेका स्याङ्जाका सागर अर्याल सर्बोच्चको बाध्याकारी आदेश पश्चात् रिहाई भएका छन् ।

बिप्लव निकट भन्दै अर्याललाई स्याङ्जाबाट २०७५/११/११ गते स्याङ्जाबाट पक्राउ गरेको थियो । पक्राउ पश्चात् स्याङ्जा जिल्ला अदालतमा परेको रिटमा बन्दीप्रत्यक्षीकरणको फैसला भएपनि अदालत परिसर बाटै पक्राउ गरी कास्की प्रहरीले हिरासतमा लिएको थियो । यसै क्रममा अर्याललाई पटक – पटक गिरफ्तार गरि तनहुँ , लमजुङ, गोर्खा, लगेको हो । र गोर्खामा सार्बजनिक मुद्दा झेलिरहेका अर्याललाई जिल्ला प्रशासन कार्यलय गोर्खाबाट धरौटीमा छुट्नासाथ थुनामा लगिएको थियो । यसरी पटक पटक गरि सातौं पटकको सर्बोच्चको आदेशको पालना नगरी प्रशासनले पुनः पक्राउ गरी म्याग्दी पुर्याएको थियो ।

यसरी अदालतको आदेश अटेरी गर्दै धरौटी र तारेखमा छोड्ने र फेरि झुठा मुद्दा लगाई पक्राउ गर्ने निरन्तरको क्रियाकलाप पछि आज मंगलवार सर्बोच्चले बदनियद पुर्वक बन्दी बनाएको ठहर गर्दै म्याग्दी जिल्ला अदालतका न्यायाधीशको रोहबरमा तत्काल थुनामुत्तका लागि संविधानको धारा १३३ (२) (३) र सर्बोच्चको नियमावली २०७४ को नियम ३७ बमोजिम बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरेको हो ।

निबेदकको तर्फबाट वरिष्ठ अधिवक्ता एकराज भण्डारी र विद्वान अधिबत्ता कपिलचन्द्र पोखरेल साथै सन्तोष कोईरालाले बहस गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस