श्रद्धेय प्रचण्ड,माधव कुमार नेपाल विष वृक्ष कि अमृत कल्प ?

दिनेश लिम्बु

इतिहास नबुझी बर्तमान बुझ्न सकिन्न । त्यसैले इतिहास सम्पुर्ण संघर्ष र विचारको जननी हो।
उदाहरण : 1991 मा सोभियत संघ ढाले पश्चात् विश्व कम्युनिस्ट आन्दोलनको इतिहास सिध्याउन बोरिस एत्सिनलाई पार्टीमा ल्याइयो अनि लेनिन, इस्तालिनका सालिक र ऐतिहासिक कम्युनिस्ट संरचनाहरू नस्ट गरियो । बोरिसलाई अमेरिकाले उनका बाबु जार राजसभा सदस्य भएकाले लिगेसीको प्रयोग गर्न अगाडि ल्याएका थिए।

माधव कुमार नेपाल र झलनाथ खनाल नेपाली सभ्यता, संस्कृति, जनयुद्व , कम्युनिष्ट पार्टी र देशभक्त बामपन्थी जनमत सिध्याउन फिट गरिएका बोरिस कै नेपाली संस्करण हुन । यद्यपि कम्युनिस्ट बनेर एकतामा आउनेहरू प्रति मेरो उच्च सम्मान छ।

माधवको लिगेसी C क्लासका दामोदर राणा इण्डोपश्चिमा सेन्टर हो । तत्कालिन दरबार सैन्य सचीव विवेक शाहको पुस्तक (मैले देखेको दरबार) मा मदन भण्डारी घट्ना बारेमा केही नेताहरूलाई कोट गरी लेखेका छन् । केपी ओलीले पनि मिडियामा कांग्रेसले मदन भण्डारी मार्ने जिम्मा मलाई दिन खोजेको थियो भनेका छन् । “रअ” प्रमुख आरके यादवले आफ्नो पुस्तकमा २०२८ मा पूर्वी पाकिस्तान विभाजन र २०३१ मा सिकिम वियल पश्चात् नेपालको तराई खाने मिशन थियो भनेर लेखेका छन् । यो भारतीय मिशन बुझेका राजा विरेन्द्रले असंलग्न राष्ट्रको चौथो सम्मेलनमा नेपाललाई शान्ति क्षेत्र प्रस्ताव गरी देश जोगाउन सिपी मैनाली लाई सहयोग मागे र मैनालीले पनि राष्ट्रियताको कोणबाट प्रस्तावको समर्थन गर्नु भयो । उक्त प्रस्ताव १३० देशले समर्थन गर्यो तर छिमेकी देश भारतले गरेन किन गरेन प्रस्ट छ ? त्यसपछि सिपीको विरूद्वमा भारतले माधव र झलनाथलाई उतारे र २०३९ मा सिपीलाई सिध्याए यो तथ्य सिपी स्वंमले बोलेका छन।

कमरेड मदन भण्डारीले टनकपुर सम्झौताको खिलापमा सदन र सडकमा देशभक्ति आन्दोलन उत्कर्षमा पुर्याउनु भएको थियो । मदनले “जवज” मार्फत नेकपा( एमाले ) लाई सोसलिस्टकरण गरे पनि एमालेको जनमत र पार्टी संरचनामा देश भक्त लाइन बलियो थियो । आम देशभक्तहरूको भनाई अनुसार जब मदन भण्डारीको हत्या पश्चात् नेतृत्वमा माधव नेपाल आए तब नेकपा (एमाले) पार्टीलाई देश द्रोही , राष्ट्रघाती र स्वाभिमान बेची खाने Ingo- ngo इन्डोपश्चिमाकरण गर्यो भन्छन् । हाल नेकपा एमाले खरानी हुनु को मौजुदा कारण पनि यही थियो।

अब कटुवाल प्रकरण: वास्तवमा त्यो घटनामा एमाले माओवादी,मधेसी फोरम सतापक्ष भएकाले माधव,उपेन्द्र झलनाथहरूसंग आन्तरिक सहमति गरि प्रचण्डले कदम चालेका थिए। यसको भित्री कारण चाहिं नेपालको हितमा चीनसंग पारवहन सम्झौता हुँदै थियो । तर भारत+अमेरिकाले यसलाई भूराजनीतिक टकरावको रूपमा लिए । त्यही समयमा झलनाथ चीन भ्रमणमा थिए, स्रोत: सुचना अनुसार भारत र Cia कनेक्शन जर्मन खुपिया एजेन्सीद्वारा फन्डिङ रोजा लक्जेमर्वग फाउन्डेसनसंग जोडिएका घनश्याम भुसाल र योगेश भट्टराई मार्फत फोनमा झलनाथको हुर्मत लिएपछि झलनाथ,माधव र आन्तरिक शक्तिले प्रचण्डलाई बर्खास्त गरिएको भनिन्छ । त्यहाँबाट प्रचण्डको राक्षेसीकरण र पार्टी विभाजनको श्रृङखला रचियो भने नेपाली सेना र माओवादीको सम्बन्ध पनि बिग्रियो।

परिणाम : १ ) जनमुक्ति सेनाको विघटन २) पार्टी विभाजन ३) पहिलो संविधान सभा विगठन ४ ) दोस्रो संविधान सभामा पार्टी सानो आकारको तेस्रो दल । ५ ) माधवसंग एकाता पछिको २० ८२ को निर्वाचनबाट झनै सानो आकारको चौथो दल (छ) अब आगमी स्थानीय निर्वाचनमा एक्लै लडे पाँचौ दल त्यसपछि राप्रपा बन्दै उन्मुलन। यस कारण नेकपाले यस्ता माधव र झलनाथ जस्ता राष्ट्रघाती देशद्रोही , स्वाभिमान बेची खाने ब्रह्मा राक्षेस ब्रमानालमा लान पनि पाप लाग्ने पतितलाई बोकेर पार्टी पुनर्गठनतिर किन लागे होला?

नेपाली दृष्टिकोणको कम्युनिस्ट पार्टी पुनर्निर्माणको वैचारिक, राजनीतिक , आर्थिक, र संस्कृतिका मौलिक विषयहरूमा विगतका समीक्षा गर्न आवश्यक छ। नेपाली दृष्टिकोणको सैद्धान्तिक आधार निर्माणमा जोड दिएर अगाडि नजाने हो भने अबको बहुध्रुर्वीय विश्व भूराजनीतिक रापतापले पश्चिमा संरचनामा खडा भएका कम्युनिस्ट पार्टीहरू विघटन हैन उन्मुलनको दिशामा जाने छ।

प्रतिक्रिया दिनुहोस