पोखरा।पोखरा महानगरपालिका वडा नं.८ मा विगत १८ वर्ष देखि सञ्चालित आदिम कला मञ्चले विशेष खुल्ला विविध सांस्कृतिक कार्यक्रम गरेर कार्यलय स्थान्तरण गरेको छ।
मञ्चको कार्यलय हाल पोखरा महानगरपालिका वडा नं.१२ अमसिंहचोकको पुर्वी साइड कुंडहरचोक यहि असार ३ गते बाट सञ्चालन आएको छ।
कार्यलय स्थान्तरण ग्राण्ड ओपनिङ उद्याटन भब्य सांस्कृतिक कार्यक्रम मार्फत गरिएको थियो।उद्याटन कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य सरस्वति गुरुङले आदिम कला मञ्चको निरन्तर सफलताको शुभकामना ब्यक्त गरेकी थिईन।
चलचित्र निर्माता एवम निर्देशक माओत्से गुरुङले आदिम कला मञ्चले नेपाली चलचित्र क्षेत्र र कोरियोग्राफिमा विशेष योगदान दिएको बताए।
आदिम कला मञ्चका संरक्षक लब्सन गुरुङले उद्याटन कार्यक्रममा भने डान्स,जुम्बा,भोकल लगायत विधामा मञ्च पोखरामा अब्वल संस्थाको रुपमा स्थापित रहेको बताए।
मौलिक पहिचानमा विश्वास र विशेष प्रथामिकता दिने पनि गुरुङले बताए।
कला मञ्चका अध्यक्ष अमृतमान गुरुङ,अबदेखि अमरसिंह चोकको कार्यलय बाट कला सेवा प्रदान गर्ने बताए।
कार्यक्रममा तमू युवा ह्युल छोंज धीं अध्यक्ष तोरण गुरुङ,कलाकार कृष्ण कुमार गुरुङ र मादी वडा नं.७ का अध्यक्ष दुर्गा बहादुर गुरुङ लगायतले शुभकामना व्यक्त गरेका थिए।