पोखरा महानगरपालिका वडा नं.२७ मा निशुल्क कम्प्युटर तालिम सञ्चालन

कास्की। पोखरा महानगरपालिका वडा नं.२७ मा रहेको लक्ष्मी आदर्श माध्यमिक विद्यालय ले निःशुल्क कम्प्युटर तालिम सञ्चालन गरेको छ। पोखरा महानगरपालिका वडा नम्बर २७ कार्यालय को सहयोगमा उक्त तालिम सञ्चालन गरिएको हो।

तालिमको उद्घाटन गर्दै वडा अध्यक्ष पूर्ण कुमार गुरुङ ले यस तालिमले विशेषगरी एसएलसी दिएर बसेका विद्यार्थीहरूका लागि बढी उपयोगी र फलदायी हुने विश्वास व्यक्त गर्नुभयो। साथै कक्षा ११/१२ मा अध्ययनरत विद्यार्थीहरूका लागि पनि सीपमूलक तालिम प्रदान गर्दै आएको बताउँदै आवश्यक परे वडाले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले विद्यार्थी भाइबहिनीहरूलाई कुनै पनि कुलतमा नफस्न आग्रह समेत गर्नुभयो।सो अवसरमा नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत गरिएको थियो। कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चतुराखर अधिकारी ले गर्नुभएको थियो। स्वागत मन्तव्य विद्यालयका प्रधानाध्यापक शिवमणि भण्डारी ले राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन सहायक प्रधानाध्यापक कोपिला धिताल ले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस