पोखरा वडा नं.२७ का अध्यक्ष पुर्ण कुमार गुरुङको पहलमा राहत वितरण

पोखरा।पोखरा महानगरपालिका वडा नं.२७ का अध्यक्ष पुर्ण कुमार गुरुङको पहलमा वडा भित्रका विपन्न,असाह्य र दलित परिवारलाई राहत वितरण गरेको छन।

दशै लगायत चाडपर्व मनाउन धौ-धौ परेका परिवारलाई लक्षित गरि चाडपर्व मनाउने उद्देश्यका साथ वडा कार्यलयको राहत कोष बाट चार लाख बराबरको सामाग्री वितरण गरिएको छ।

वडा अध्यक्ष गुरुङको उपस्थीतिमा एक बोरा चामल,एक लिटर तेल,एक केजी दाल र एक केजी नुन प्रत्येक परिवारलाई वितरण गरिएको हो।वडा कार्यलयको राहत बाट २१३ जना लावान्वीत भएका छन।राहत वितरण विगतका वर्षमा जस्तै यस वर्ष पनि गरिएको वडा कार्यलयले जानकारि दिएको छ।

चनौटे टोल,सेख्रे टोल,गन्दर्भ टोल,शान्ति टोल,खहरे टोल,तिन तहरा टोल,रिठ्ठेपानी छत्रे ढुङ्गा टोल र गोस पाटन कुमाल गांउ लगायतका टोलहरुमा राहत वितरण गरिएको वडा कार्यलयले जानकारि दिएको छ।

राहत वितरणमा वडा अध्यक्ष पुर्ण कुमार गुरुङले भने,जनताको सुखदुखमा सधै वडा कार्यलयको साथ रहेको बताए।

प्रतिक्रिया दिनुहोस