क्व्होलासोंथर गांउपालिका अध्यक्ष सुर्य प्रसाद गुरुङले गरे,सुत्केरी हुन नसकीको महिलाको उद्धार

भुजुङ स्वास्थ्य चौकीमा सुत्केरी गराउन आएकी महिलाको सामान्य अवस्थामा सुत्केरी नहुने स्वास्थ्य चौकी प्रशासनले बताएपछि आफ्नै सवारीसाधनमा राखेर लमजुङ जिल्लाको क्व्होलासोंथर गाउंपालिका अध्यक्ष सुर्य प्रसाद गुरुङले लमजुङ अस्पताल बेशिसहर पुराए।लमजुङ अस्पतालमा पनि सहज सुत्केरी नहुने अस्पताल देखेपछि गण्डकी अस्पताल पोखरामा प्रेषण गर्यो।अस्पतालको सुझाव अनुसार पालिका अध्यक्ष सुर्य प्रसाद गुरुङ र उपाध्यक्ष गमी माया गुरुङले पोखरा ल्याएर सहज सुत्केरीको वातावरण निर्माण गरे।

सुरुवात देखि पालिकाको उद्धार,बेलैमा चिकित्सकले दिएको सुझावले पोखरा ल्याइएपछि महिलालाई चिकित्सकले अपरेसन गरे।तत्पश्चात सुरक्षित रुपमा बच्चाको जन्म भयो।अहिले आमा र बच्चाको अवस्था स्वस्थ्य रहेको अस्पताल स्रोतले बतायो।

प्रतिक्रिया दिनुहोस