पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघको पहलमा वृक्षारोपण कार्यक्रम सम्पन्न

पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ कास्कीले पोखराको कांहुडांडामा बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।

संघका अध्यक्ष चिन्तामणी खरेलको पहलमा आयोजित वृक्षारोपण कार्यक्रममा नेपाल मोबाइल व्यवसायी महासंघ गण्डकी प्रदेशको सहकार्य रहेको थियो।सस्थाको सामाजिक उत्तरदायित्त्व अन्तर्गत बार्षिक वृक्षारोपण कार्यक्रम गरिने गरिएको अध्यक्ष खरेलले बताए।

उक्त वृक्षारोपण कार्यक्रमा पुर्ब अध्यक्षहरु,निबर्तमान अध्यक्ष,सल्लाहकार,आजिवन सदस्यहरुको उपस्थीति रहेको थियो।

बृहत वृक्षारोपण कार्यक्रम संघका महासचिव रामचन्द्र तिवारीले सञ्चालन गरेका थिए।

प्रतिक्रिया दिनुहोस