पोखरा महानगर सडकछेउमा तारहरु अव्यवस्थित, स्मार्ट सिटीको भद्दा नमुना !

पोखरा महानगरपालीका भित्र सडक वरिपरी नै इलेक्टि्कल तार देखि विभिन्न केबुल लाईनहरु अस्तब्यस्त अवस्थामा छन् । स्मार्ट सिटिको रुपमा महानगरलाई अगाडी बढाउने भनिएपनि सडक छेउमा राखिएको होडिङ्ग बोर्ड , फ्ल्याक्स बोर्डहरुले सहरको रुप नै कमजोर बनाएको छ । पोखराका हरेक जस्तो ठाउँहरुमा यस्ता अब्यवस्थित तार र बोर्डहरु रहेका छन् ।

यस्ता बोर्ड र तारहरु ब्यवस्थित गर्न जनसमुदायहरुले पटक पटक आवाज उठाउँदा पनि सम्बन्धित निकायको ध्यान केन्द्रीत भएको पाइएको छैन । महानगरले केबुलवालाहरुलाई तार ब्यवस्थित गराउन पहल गर्नुपर्ने हो । पर्यटक बर्ष 2020 को अवसरमा यस्ता अलपत्र परेका तार र सडक वरीपरीका होडिङ्ग बोर्डले कस्तो असर पार्ला सोच्न जरुरी छ । यस्ता होडिङ्ग बोर्डहरुका कारण सवारी चालकको ध्यान त्यसैतर्फ केन्द्रीत हुँदा दुर्घटना समेत हुने सम्भावना रहन्छ ।

अर्कोतर्फ लाज छोपिएका सडकहरुले गर्दा पनि महानगरको कुरुपता र मजाग बनिरहेको छ । सडक टालटुल गर्ने र टालिएको केही समयमा नै पुरानै अवस्थामा हुने गरेको छ । साथै सडकमा छाडा चौपाया ब्यवस्थापन गर्ने भनेर विभिन्न काम गरेपनि अवस्था उस्तै छ ।

यस्ता बिबिध कुराहरुले गर्दा महानगरले भन्दै आएको स्मार्ट सिटीको भद्दा मजाक भएको नागरिकहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस