राजकाजी गुरुङको चुनावी खर्च ११ लाख ९० हजार

कास्की। नेपाली कम्युनिष्ट पार्टीका युवा नेता राजकाजी गुरुङ’करण’को चुनावी खर्च ११ लाख ९० हजार भएको छ ।

नेकपाका केन्द्रीय सदस्य गुरुङ कास्कीको प्रतिनिधि सभा क्षेत्र नं. १ बाट उमेद्वार बनेका थिए ।

गुरुङले निर्वाचन आयोगमा बुझाएको विवरणमा ११ लाख ९० हजार खर्च गरेको उल्लेख छ ।गुरुङले मनोनयन दर्ताका लागि १० हजार ,प्रचार सामाग्रीमा १ लाख ५० हजार, सवारीसाधन भाडामा ३ लाख ५० हजार,घरदैलो कार्यक्रममा ३ लाख,सम्पर्क कार्यलयको भाडामा ४५ हजार,कर्मचारीलाई २० हजार,डिजिटल प्रचारमा १ लाख,साउण्ड सिस्टमा ५० हजार,खाना खाजामा १ लाख ५० हजार र चुनावी गीत १५ हजार खर्च भएको विवरणमा उल्लेख छ ।

फागुन २१ मा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा गुरुङले २ हजार ४७९ मत प्राप्त गरेका थिए ।

उक्त निर्वाचन क्षेत्रमा रास्वपाका गणेश पौडेल विजयी भएका छन।

प्रतिक्रिया दिनुहोस