पोखरा।कास्की जिल्लाको प्रतिनिधिसभा क्षेत्र नं.१ मा नेपाली कम्युनिष्ट पार्टी निकट युवा संगठनको क्षेत्रीय भेला सम्पन्न भयो।
भेलामा नेकपाका युवा नेता विनय थापाले क्षेत्र नं.१ का युवाहरुले विकासप्रेमी युवा मैत्री नवयुवाहरुका प्रतिनिधिसभा क्षेत्र नं.१ का उम्मेदवार राजकाजी गुरुङ’करण’लाई विजयी गराउने गरि लाग्न आग्रह गरे।
त्यसैगरि नेकपा का युवा नेता पुर्ण लामाले राजकाजी गुरुङ’करण’ लाई निर्वाचित गराउन युवा जमेर फिल्ड लाग्न अनुरोध गरे।
भेलालाई वाईसियल नेपालका केन्द्रीय उप-महासचिव विपिन आचार्यले क्षेत्र नं.१ मा राजकाजी गुरुङ करणलाई विजय गराउन वडा र वुथ केन्द्रीत संगठन कार्यक्रम बनाउन निर्देशन गरे।साथै आचार्यले समग्र क्षेत्रको विकास निर्माण गर्न सक्ने र युवाहरुलाई रोजगार र स्वरोजगार गराउने भिजन भएको नेता उमेदवार गुरुङ भएकाले सम्पुर्ण युवाहरु उत्साहका साथ लाग्न निर्देश गरे।
भेलामा वाईसियल केन्द्रीय सचिवालय सदस्य चन्द्रा पराजुलीले युवाहरुको प्रतिनिधित्व गर्ने पार्टी नेकपा भएको बताईन।
तारा चिन्हको प्रचार प्रसार व्यापक गर्ने युवा नेता नविन केसी ले बताए।
भेलामा डिबी राई,राजकुमार घिमिरे,मित्र गुरुङ,सुर्य प्रकाश तिवारी ,पत्रकार सिद्दान्त शाही,सुधिर लामिछाने,वुद्धराज बस्याल लगायतको उपस्थीति रहेको थियो।
भेलाको अध्यक्षता अनिल परियारले गरेका थिए भने सञ्चालन भने सचिन तामाङले गरेका थिए।