पोखरा ।नेपाली कम्युनिष्ट पार्टी (नेकपा) कास्की क्षेत्र नं. १ को सम्पर्क कार्यालय उद्घाटन भएको छ ।
नेकपाका नेता एवं गण्डकी इन्चार्ज श्रीनाथ बरालले सम्पर्क कार्यालयको उद्घाटन गरेका हुन् ।
कार्यालयको उद्घाटन गर्दै उनले जनताले प्राप्त गरेका उपलब्धिको रक्षा गर्न, देश बचाउन र समाजवादमा जान नेपाली कम्युनिष्ट पार्टीको जित अनिवार्य रहेको बताए ।
उनले संसद पुनस्थापनाको एजेण्डा बोकेका कांग्रेस एमाले र एजेण्डा विहिन नयाँ भनिनेले देशको नेतृत्व र विकास गर्न नसक्ने उनको भनाई छ ।
कास्की प्रतिनिधिसभा क्षेत्र नं. १ मा नेकपाका उम्मेदवार राजकाजी गुरुङ‘करण’ले कास्की क्षेत्र नम्बर १ मा नेकपामा आवद्ध नेताहरुले विगतमा गरेका काम अन्य पार्टीका नेताले गरेको भन्दा धेरै काम भएको बताए । गुरुङले जनताको सुख दुखमा आफू साथमा रहको र रहने प्रतिवद्धता जनाए । तारामा मतदात गरेर अवसर दिन क्षेत्र नं. १ का जनतासँग आग्रह गरे । विगतमा अर्थ मन्त्रालय बाट विशेषगरि क्षेत्र नं.१ मा बजेट विनियोजन गरेको पनि बताए। नव युवाहरुलाई विकास निर्माणका काम संगै रोजगारी संग जोड्दै र राज्यको मुलधारमा जोड्ने योजना रहेको गुरुङले बताए।
नेकपाका केद्रीय सदस्य दीपक कोइरालले स्थापित राजनीतिक मूल्य मान्यता र ब्यवस्थाकै रक्षाका लागि नेकपाको जित अनिवार्य रहेको बताए । उनले देश र राष्ट्रको विकासका लागि आगामी निर्वाचन महत्वपूर्ण रहेको बताए । उनले कास्की क्षेत्र नम्बर १ मा नेकपाको जित सुनिस्चित रहेको दाबी गरे ।

नेकपा गण्डकीका संयोजक गायत्री गुरूङले सिंगो पार्टी पंक्ति एक रहेको र जित निस्चित रहेको बताइन ।
इन्द्रप्रसाद बरालले आचारसंहिताको बारेमा जानकारी दिए ।
निर्वाचन परिचालान समिति सहसंयोजक पूर्ण लामाले कास्की क्षेत्र नम्बर १ को तर्फ रहेका सबै वडामा भेला भइसकेका जानकारी दिए ।
