मादी गाउपालिका वडा नं. ११ को भगवती बरालडांडा युवा क्लवको आयोजनामा बरालडांडा भगवती वजारमा माघेसङ्क्रान्ति मेला सम्पन्न भएको छ।माघ १ गते बाट सुरु भएको मेला दुई दिन सम्म चलेको थियो।
मेला उद्घाटन गर्दै मादी गाउपालिका अध्यक्ष देबिजंग गुरुङले स्थानीय,प्रदेश र संघिय सरकार मार्फत गांउपालिकामा धेरै बिकास गरिएको बताए।

मादी गाउपालिका भित्र संस्कृति सरक्षण गर्न पालिका कार्यालय लागि परेको र भगवती बजारमा हुने माघी मेलालाई एक लाख पचास हजार पालिकाले सहयोग गरेको एवम निरन्तर गर्ने पनि अध्यक्ष गुरुङले बताए।
दुई दिन चलेको मेलामा विभिन्न प्रकारका खेलका प्रतियोगिता सम्पन्न भएको थियो। वडा स्तरिय भलिवल प्रतियोगिता ठेलो हान्ने प्रतियोगिता भजन चुढ्का प्रतियोगिता सम्पन्न भएको थियो।
ठेलो प्रतियोगितामा सुन्दवजार वडा नं. ३ का निसान परियारले प्रथम स्थान हासिल गर्दै रु.२०००० हजार नगद प्रमाणपत्र प्राप्त गरेका थिए भने मादी वडा नं. ११ तल्लो साप्लेका रोशन गुरुङले दृतिय स्थान हासिल गर्दै रु.१०००० नगद सहित प्रमाणपत्र प्राप्त गरे।
भलिबल तर्फ सुक्लागण्डकी नगरपालिका वडा नं. १२ प्रथम हुँदै नगद रु.१०००००० नगद सहित सिल्ड मेडल प्राप्त गरेको थियो भने अन्नपूर्ण गांउपालिका वडा नं.१० घान्द्रुकले दृतिय स्थान हासिल गर्दै नगद रु ६००००० नगद सहित सिल्ड मेडल प्रमाणपत्र प्राप्त गरेको थियो।

बेस्ट ईस्पाईकर सुक्लागण्डकीका ईश्वर बिकलाई घोषित गरिएको थियो।बिकले नगद ५००० सहित मेडल प्रमाणपत्र प्राप्त गरेका थिए।

भजन तर्फ प्रथम हुदै पन्चासे भजन समूह रु.४०००० नगद,थुम्सिकोट भजन समूह दृतियले रु.२५००० नगद र लिपेनि भजन समूह तृतिय रु.१५००० प्राप्त गरेको थियो।
मेला कार्यक्रम समापन समारोहमा बोल्दै वडा नं. ११ का अध्यक्ष चलचित्र गुरुङले भगवती मेला लामो इतिहास बोकेको यसको प्रचार प्रसार गर्न वडाले कुनै पनि कसर नराख्ने बताए।

मेलाको कार्यक्रमको सञ्चालन अनिल कार्कीले गरेका थिए भने अध्यक्षता क्लवका अध्यक्ष केश बहादुर कार्कीले गरेका थिए।मेलामा स्वागत मन्तब्य बरालडांडा तमु समाज सेवा समितिका अध्यक्ष जुमप्रसाद गुरुङले गरेका थिए।