लाङ्घाली समाजमा, माघेसंक्रान्तिको उपलक्ष्यमा शुभकामना आदान प्रदान सम्पन्न

शुक्लागण्डकी नगरपालिका वडा नं. ७ शान्तिनगर तनहुँमा रहेको प्रथम सहिद लखन थापा मगर लाङ्घाली समाजमा माघेसंक्रान्तिको उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ।

मगर जातीहरुको महान पर्वको रुपमा लिने माघेसंक्रान्ति चाडलाई बिभिन्न ठाउँमा बिबिध कार्यक्रम गरेर मनाउने गरिन्छ।

शुभकामना आदानप्रदान कार्यक्रममा शुक्लागण्डकी नगरपालिका प्रमुख कृष्णराज पण्डितले वडा नं. ७ मा भौतिक बिकास भएको तथा बाटो सबै कालोपत्रे भैसकेको र अब गुणस्तर शिक्षाको लागि नगरपालिकाले विशेष जोड दिने बताए।

नगरपालिकाले योजना बिनियोजन गर्दा पहुँचको आदारमा नभई आवश्यकताको आधारमा योजना बिनियोजन गर्ने, कोहि गरिब असहाय छन भने त्यस्ता खालका व्यक्तिलाई आफ्नो तलब भत्ता काटेर पनि सहयोग गर्ने नगर प्रमुख पण्डितले बताए।

उक्त कार्यक्रममा मगर संघ तनहुँका अध्यक्ष तथा शुक्लागण्डकी नगरपालिका पालिका वडा नं.७ का वडा अध्यक्ष खड्कसिहं थापाले मगरहरुको महान चाड लाई नेपाल सरकारले सार्वजनिक बिदा दिएकोमा सरकारलाई धन्यवाद दिए,साथै सबै मगर समुदायले माघी पर्वलाई हर्ष उल्लासका साथ मनााउन आग्रह गरे।

शुभकामना कार्यक्रममा विभिन्न साँस्कृतिक प्रस्तुति गरिएको थियो।

कार्यक्रम संचालन वडा नं. ७ का वडा सदस्य गिर बहादुर थापाले गरेका थिए भने स्वागत मन्तब्य भुल बहादुर रानाले गरेका थिए।कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष ऐपोलो थापाले गरेका थिए।

प्रतिक्रिया दिनुहोस